मन्त्रिपरिषद् पुनर्गठनमा भागवण्डा मिलेन, नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादले मन्त्रिपरिषद् पुनर्गठनमा केही समस्या देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालबीच सहमति बन्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा समस्या देखिएको हो ।

नयाँ मन्त्री नियुक्ति र पुराना मन्त्री हटाउने विषय व्यक्ति विशेषमा केन्द्रीत भएपछि दुई अध्यक्षबीच मत मिलेको छैन । प्रधानमन्त्री ओली राम्रा काम गरिरहेका मन्त्रीलाई हटाउन नहुने पक्षमा अडिग रहनु भएको छ । तर, कार्यकारी अध्यक्ष दाहालले भने पूर्वमाओवादीबाट सहभागी सबै मन्त्रीलाई हटाएर आफुले भनेअनुसारका व्यक्ति राख्न पाउनुपर्ने माग राखेका कारण सहमति नबनेको स्रोतको भनाई छ ।

गत आइतवारदेखी दुई अध्यक्ष छलफलमा जुटेपनि सहमति बन्न सकेको छैन । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनलाई लामो समय लैजादा मन्त्रालयका काममा पनि प्रभाव पर्ने भन्दै चाडो टुंगोमा पु¥याउनुपर्नेमा हुनुहुन्छ । दाहालले भने उपाध्यक्ष समेत रहनु भएका बामदेव गौतमको विषय अदालतबाट टुंगो नलागेसम्म पुनर्गठन गर्न नहुने पक्षमा देखिनु भएको छ । बामदेव र नारायणकाजी श्रेष्ठका विषयमा पार्टी पहिला पनि निक्कै आलोचित भएको भन्दै नेकपा भित्रै उहालाई मन्त्री बनाउन नहुने पक्ष पनि बलियो देखिएको छ ।

विवाद चलिरहँदा पनि अध्यक्षद्वय ओली र दाहाल भने निरन्तरकै छलफलबाट सहमति निकाल्ने पक्षमा हुनुहुन्छ । उहाहरुबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ । छलफलमा मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताको बाँकी काम टुंग्याउनेलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...