अबदेखि कोरोना परीक्षणको नतिजा १५ मिनेटमै आउने



हाम्रो इकोनोमि

 

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कम्तीमा १५ मिनेटभित्रै कोभिड–१९ को संक्रमण छ वा छैन भनी पत्ता लगाउने प्रविधि विश्वका १३३ वटा देशमा पुर्याउने भएको छ ।

न्यून र मध्यम आय भएका मुलुकमा कोरोना भाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने उद्देश्यका साथ यो प्रविधि ती देशहरुमा पुर्याउन लागिएको डब्ल्यूएचओले बताएको छ ।

स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड–१९ पत्ता लगाउने प्रक्रियामा ५ डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने विश्वास संगठनको छ ।

उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले ६ महिनाभित्र १२ करोड वटा त्यस्ता परीक्षण उपलब्ध गराउने बताइएको छ । डब्ल्यूएचओका प्रमुखले यो कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने ‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ ।’

औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेको उनले बताए ।

सम्झौताले १३३ देशमा सहायता पुग्ने छ भने त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका ल्याटिन अमेरिकी मुलुक पनि छन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...