अभिनेत्री दीपिका पादुकोणले माल खोजेको तथ्य प्रमाणित



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउड नयाँ मोडमा पुगेको छ । उनको मृत्युमा मुख्य भुमिकामा रहेको आरोपमा रिया चर्कवर्ती अहिले पनि हिरासतमा छिन् । यो प्रकरण अहिले न-शा प्र-योगमा गएर अड्केको छ । अहिले भारतमा धेरै कलाकारहरुको यस का-ण्डमा नाम आएको छ ।

यो बीचमा चर्चित अभिनेत्री दीपिका पादुकोणले बाहिर आएको च्याटको आरोप स्विकार गरेकी छिन् । शनिबार ना-रकोटि-क्स कन्ट्रोल ब्युरो (एनसीबी)ले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको थियो ।

दीपिका पादुकोणले सञ्चारमाध्यमहरुमा आएको च्याटको आरोप स्विकार गरेकी छिन् । तर, नायिकाद्धय साराअली खान र श्रद्धा कपुरले भने न-शा से-वनको आ-रोप अस्विकार गरेका छन् ।

एनसीबीको कोलाबास्थित गेष्ट हाउसमा दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो । दुबैजनाले हालै सार्वजनिक च्याटको आरोप स्विकार गरेका हुन् ।

दीपिकालाई एनसीबीका प्रतिनिधीले उनीमाथि लगाइएको आरोप जानकारी गराएका थिए । डाटा ब्याकअप लिनका लागि दीपिकाको २ वटा मोबाइल पनि लिइएको थियो ।

उनलाई यो बिषयमा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनीहरुका मोबाइल नियन्त्रणमा लिइएको जनाइएको छ । दीपिकाले च्याटमा आफुलाई माल चाहिएको भन्दै मागेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...