यी युवतीले इन्स्टाग्राममा १ फोटो पोस्ट बराबर ८ करोड लिन्छिन्



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जालले संसारलाई धेरै फाइदा पुर्याएको छ। साधारणतया आफु भन्दा टाढा रहेका साथीभाई, आफन्त, नातेदार वा फलोवर्स संग कुराकानी गर्न तथा तिता मिठा याद सेयर गर्नको लागी निर्माण गरिएका भए पनि यिनीहरुको ब्यापारिक प्रयोग पनि उत्तिकै मात्रामा हुनेगरेको कुरा यथार्थ हो ।

आज लगभग हरेक मानिसको जीवन सामाजिक संजालसँग जोडिएको छ । अधिकांश प्रयोगकर्ताले सामाजिक संजालमा लामो समय बिताउँछ् तर केही यस्ता सेलिब्रेटी छन् जसले सामाजिक संजालमा समय मात्र बिताउँदैनन् उनीहरुले यहाँबाट ठूलो आम्दानी पनि गर्छन् ।

अहिले सेलिब्रेटीहरुको लागि सामाजिक संजाल राम्रो कमाउने माध्यम बनिसकेको छ । यस्ती विश्व प्रसिद्द हलिउड सेलिब्रेटी सेलेना गोमेज इन्स्टाग्राममा फोटो पोस्ट गरेर ठूलो कमाइ गर्नेको सूचीमा शीर्षमा पर्छिन् ।

उनले एउटा इन्स्टाग्राम पोस्टको ८ लाख डलर (८ करोड रुपैयाँ) सम्म चार्ज गर्छिन् । उनले विभिन्न ब्राण्डका कपडा तथा अन्य सामग्रीहरुसहितका फोटोहरु इन्स्टाग्राममा पोस्ट गर्छिन् र यसबापत लाखौं चार्ज गर्छिन् । यो विधि ती ब्राण्डको विज्ञापनजस्तै हो । सेलेनाका इन्स्टाग्राममा १४ करोड ४० लाख फलोअर छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...