विमलेन्द्र निधीका कारण राज्यले पाँच अर्ब २५ करोड गुमाउँदै ?



हाम्रो इकोनोमि

 

नेपाल सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउनका लागि एक वंगलादेशी कम्पनीसँग सन् २०१६ को ३० मईमा चार करोड ३७ लाख ८८ हजार अमेरिकी डलर (हालको मूल्यमा झण्डै पाँच अर्ब २५ करोड ४५ लाख नेपाली) मा सम्झौता गरेको थियो । सम्झौतामा पाँच वर्षमा २५ लाख सुरक्षित इम्बोस्ड प्लेट आपूर्ति गरी पर्सनलाइज्ड गर्ने र उपत्यकामा पाँच र बाहिर पाँच गरी १० ठाउँमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन गेट राख्नुपर्ने सम्झौता गरियो ।

सम्झौताका बखत विभागमा चन्द्रमान श्रेष्ठ महानिर्देशक, विमलेन्द निधी,  भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । प्रधानमन्त्रीमा चाहिँ सुशील कोइराला थिए ।  यो सम्झौता प्रलोभनकै कारण गरिएको जानकारहरुको दाबी छ । संम्झौता अनुसार मोटर साइकलमा इम्बोस्ड नम्बर लेखाउँदा २४ सय, ट्याक्सी लगायत हलुका सवारीमा ३२ सय र ट्रक, बस लगायतमा ३६ सय रुपैया दररेट राखिएको थियो । यो सम्झौताबाट जनतालाई अत्याधिक महंगो पर्ने देखिएको छ । आठ सय रुपैयामा लेख्न सकिने नम्बर प्लेटको तीन-चार गुणा महंगो पर्नुका साथै नेपाली सवारी साधनमा नम्बर लेख्न विदशीले काम गर्न पाउने तर, नेपाली श्रमिकहरु बेरोजगार हुने अवस्था आएको  छ ।

बंगलादेशी ठेकेदारसँग गरिएको यो सम्झौताले संविधानको धारा ७ को गम्भिर उल्लंघन गरिएको छ । त्यसैले सर्वोच्च अदालतमा २०७४ सालमा रिट परेको थियो । सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले तत्काल कार्यन्वयन नगर्नु नगराउनु भन्ने आदेश दिएका थिए । उक्त रिट पछि २०७६ मंसिर २७ मा खारेज भयो । यसरी बंगलादेशी कम्पनीलाई पाँच वर्षमा काम नगरेपनि रकम भुक्तानी गरिने भन्ने सम्झौताले नेपाल सरकारले अहिले झण्डै पाँच अर्ब २५ करोड ४५ लाख कामै नगरी क्षतिपूर्ति बापत दिनुपर्ने अवस्था सिर्जना भएको छ । जनताले तिरेको करमा राज्यको अदूरदर्शी र कमिसनका लोभमा फसेर तत्कालिन मन्त्री बिमलेन्द्र निधी र महानिर्देशक चन्द्रमान श्रेष्ठले यो सम्झौता गरेका कारण राज्यले ठूलो नौक्सानी ब्यहोर्न बाध्य भएको छ । यस सम्बन्धमा यातायात क्षेत्र सुधार सम्बन्धी अभियन्ता पे्रम बहादुर थापा भन्छन् “यस्ता सम्झौता खारेज गरी पाँच खर्ब पच्चीस करोड विदेशी कम्पनीलाई दिनबाट रोक्नु पर्दछ । साथै महंगो दरमा नम्बर प्लेट लेख्नका लागि विदेशी कम्पनीसँग सम्झौता गरी नेपालीलाई बेरोजगार बनाउन तल्लिनहरुलाई कारबाही गर्नुपर्दछ ।’

इम्बोस्ड नम्बर प्लेटमा सम्झौता गरेका बिमलेन्द्र निधी पछिल्लो पटक धनुषा क्षेत्र नम्बर तीनबाट जनता समाजवादी पार्टीका नेता राजेन्द्र महत्तोसंग पराजित भएका थिए । नेपाली कांग्रेसका नेता तथा तत्कालिन मन्त्री निधीले गरेको सम्झौता बापत राज्यले सिटामोल किनेर खानसमेत नपाएका जनतासँग उठाएको करबाट झण्डै पाँच अर्ब २५ करोड ४५ लाख क्षतिपुर्ति दिने अवस्था आएको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ र महानिर्देशक गोगन हमालले कानमा तेल हालेर बसेका छन् । पाँच वर्ष सम्झौता भएको  मिति  अब मात्रै ३० मे २०२१ मा सकिँदै छ । यसरी झण्डै आठ महिना अर्थात १६, जेष्ठ २०७८ पछि हिजोको सरकारले गलत सम्झौता गरेका कारण काम नगरी बसेको ठेकेदारलाई क्षतिपुर्ति बापत तिर्नुपर्ने अवस्था सिर्जना हुँदैछ । महालेखा परीक्षकको ५७ औ प्रतिवेदनमा समेत यो विषय औल्याएको भएपनि सम्बन्धित निकायको ध्यान जान सकेको  छैन ।

तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बन भएका थिए । तर, उनले विशेष अदालतबाट मुद्दा जितेपछि बहाल भई अहिले सचिवमा बढुवा भएर कर्णाली प्रदेशका प्रमुख सचिवमा  सरुवा भएका छन् । गोरखाका स्थायी बासिन्दा श्रेष्ठले मालपोत विभाग अन्तर्गतका कार्यालयमा कार्यरत रहँदा नवलपरासी वर्दघाटकी एक महिलाको नाममा अकुत सम्पत्ति लुकाएको अख्तियारको अनुसन्धानमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...