युवती सहित प्रचण्डदेव बिष्ट होटलको १०२ नम्बर कोठामा झ्याप



हाम्रो इकोनोमि

 

गत बुधबार राती प्रहरी कन्ट्रोल १०० मा फोनके घण्टी बज्यो । सुन्धाराको इसन होटलमा रक्सी खाएर ठूलो हो–हल्ला भइरहेको कुरा कसैले फोनबाट प्रहरीलाई खबर गरे । कन्ट्रोलको आदेशअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाको टोली तत्कालै त्यस होटलमा पुग्यो । होटलमा २/३ समूह होहल्ला गरिरहेका थिए ।

होटलको १०२ नम्बर कोठामा मदिरामा मात्तिएको अवस्थामा एक व्यक्ति भेटिए । उनी राम्रोसँग बोल्न समेत नसक्ने अवस्थामा थिए । कोठामा एक युवती समेत थिइन् । युवतीलाई उनले गाली गरिरहेका थिए । त्यही विषयलाई लिएर छिमेकीले प्रहरी कन्ट्रोलमा खबर गरेका थिए ।

प्रहरीले सोधपुछ गर्ने क्रममा उनी त महाकाली सिंचाई आयोजना, कंचनपुरका कायम मुकायम आयोजना निर्देशक प्रचण्ड देव बिष्ट भएको खुल्यो । कोठामा चेक गर्ने क्रममा उनीसँग ११ लाख भेटियो । अस्वभाविक पैसा भेटेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थाल्यो । उनले रक्सीको तालमा साँचो कुरा बताए । ‘विभागको डिजी र मन्त्रालयका सचिवलाई बुझाउन ल्याएको हुँ ।’ घुस लेनेदनको सुइको पाएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत खबर ग¥यो । आयोगलको टोलीले पनि उनीसँग कुरा गर्दै भिडियो खिच्यो, जसमा उनले हाकिमहरुलाई बुझाउन सो रकम ल्याएको बताएका छन् ।

सोही आधारमा अख्तियारले उनलाई हिरासतमा राखेर उनीमाथि छानबिन थालेको छ । स्रोतका अनुसार यो प्रकरणमा जलस्रोत तथा सिचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी समेत फस्ने सम्भावना देखिएको छ । यो घटनाले उर्जा मन्त्रालयमै खैलाबैला भएको छ । यो विषयमा अख्तियारले अहिलेसम्म औपचारिक रुपमा केही जानकारी दिएका छैन । जसले गर्दा कतै सिंचाईका हाकिमहरुलाई जोगाउन आयोगका कर्मचारीहरु नै लागेका त छैन भन्ने प्रश्न उठेको छ ।

दिृष्टि साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...