कांग्रेसका सभापति देउवाविरुद्ध विरोधपत्र दर्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध विरोधपत्र दर्ता गरिएको छ। आउँदो १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी देउवाले गतिविधि गरेको भन्दै सोमबार विरोधपत्र दर्ता गरिएको बताइएको छ । पछिल्लो समय देउवाले गरेका नियुक्ति, महाधिवेशनका तयारी, क्रियाशील सदस्यता लगायतका विषयप्रति असहमति जनाउँदै २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोधपत्र पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् दर्ता गरिएको हो ।

हस्ताक्षर गर्नेमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं छन्।

विरोध पत्रमा क्रियाशील सदस्यता वितरण मनलाग्दी ढंगले गरेको, २८ जिल्लामा अझै फारम समेत वितरण नगरिएको, महाधिवेशन नजिकिँदा पनि पार्टी समायोजनको काम नटुंग्याएको, विधानले तोकेको समय बितेपछि महाधिवेशनलाई प्रभावित पार्न विभाग र शुभेच्छुक संस्थामा मनोनित गरेको विषय समेटिएको छ।

पौडेल पक्षले सभापति देउवाले आउँदो १४ औँ महाधिवेशनको परिणामलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएको छ। यसअघि गत साउनमा पनि पौडेल र सिटौला समूहले देउवालाई लिखित भेटेरै ध्यानाकर्षणपत्र बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...