गाई छाड्नुपरेपछि कमल थापालाई पीडा, राप्रपाको चुनाव चिन्ह हलो
अन्तत : राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह हलोमा सहमति गरेको छ। करिव ६ महिनादेखि एकिकरणको प्रकृयामा रहेको राप्रपाले चुनाव चिन्ह गाई बनाउँने की हलो भन्नेमा सल्लाह गर्दै आएको थियो।
एकता प्रक्रिया सुरू भएको ६ महिनापछि टुङ्गो लागेको चुनाव चिन्हमा पार्टीका तीन अध्यक्षमध्येका एक कमल थापा भने सन्तुष्ट नभएको देखिएको छ। उनले सामाजिक सञ्जाल मार्फल गाइ चुनाव चिन्ह छोड्नु बाध्यता भएकको बताएका छन् ।
एकिकरण भएको राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत हलो चुनाव चिन्न हुनेमा सहमति गरेको जानकारी दिएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘ हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनावचिन्ह हो। तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो। परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथीरशुभचिन्तकहरुमा अपिल गर्दछु। अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’
उनको ट्विटमा पार्टीका अर्का नेता मोहन श्रेष्ठले ‘क्वाँ क्वाँ रून्थे’ भनेर प्रतिक्रिया दिएका छन्।

राणा नेतृत्वको राप्रपाले हलो चुनाव चिन्ह लिएर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । राप्रपा नेपालले भने गाई चुनाव चिन्हबाट प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन भने समानुपातिकतर्फबाट २४ सिट जितेको थियो ।
त्यसअघि पनि हलो चुनाव चिन्हबाटै निर्वाचन लडेको राप्रपाले २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले र कांग्रेसपछिको स्थान सुरक्षित स्थान बनाएको थियो । त्यसवेला एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द २०५३ र सूर्यबहादुर थापा २०५४ मा प्रधानमन्त्रीसमेत भएका थिए ।
प्रत्यक्षतर्फ गाई चुनाव चिन्ह लिएर निर्वाचनमा लड्दा २०७४ मा भने नेकपासँगको गठबन्धनमा प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देनले मात्रै जितेका छन् ।


