लामो समयपछि खुल्यो जनकपुरको जानकी मन्दिर



हाम्रो इकोनोमि

 

 

लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छ ।

आइतबारदेखि मन्दिर खुल्ला गरिएको मन्दिरका उत्तराधिकारी रामरोशन दासले बताए । तर केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय गरेका छैनन् । महन्तहरुले नै मन्दिर खुला गरेका हुन् ।

मन्दिर खुल्ला गरिएसँगै चहलपहल बढेको छ । अहिले बाहिरका श्रद्धालु एवं दर्शनार्थी नआए पनि जनकपुरधाम र नजिकका आउन थालेको दासले बताए । मन्दिर खुल्ला गरिए पनि अहिले दर्शनार्थीको संख्या न्यून छ,’ उनले भने,’बाहिरका अझै आएका छैनन् ।’

अहिले दैनिक ३ सयदेखि ४ सयसम्म दर्शनार्थी आइरहेका छन् । उनीहरुलाई दूरी कायम गरी दर्शन र पूजापाठ गर्न दिइएको उनले बताए ।

मन्दिर खुलेसँगै यहाँ पूजा सामग्री बेच्ने पसलहरु पनि संचालनमा आएको छ । मन्दिर आसपास भएका मिठाइ, फुल तथा अन्य सामग्रीका पसल संचालनमा आएको छ ।

यसअघि मन्दिर बन्द गरिए पनि भित्र पूजापाठ नियमित भइरहेको थियो । लकडाउनका कारण मन्दिर बन्द गरिँदा यस पटकको राम नवमी, सीता नवमीसहितका पर्वहरु खल्लो देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...