आज थप १,१५४ जनामा कोरोना, १,००५ जना डिस्चार्ज



हाम्रो इकोनोमि

 

 

पछिल्लो २४ घण्टामा देशभर थप ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार ५३३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १००५जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या१७ हजार ६११ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ७ हजार ४१३ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...