चर्चीत हिमआरोही आङरिता शेर्पाको निधन



 

चर्चीत हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। हिउँ चितुवा उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन्। उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।

यही कारण उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो। पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए। उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए। १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख