चर्चीत हिमआरोही आङरिता शेर्पाको निधन



हाम्रो इकोनोमि

 

चर्चीत हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। हिउँ चितुवा उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन्। उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए।

यही कारण उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो। पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए। उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए। १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...