कोरोनाबाट हालसम्म नेपालमा ३९० जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३९० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष, काठमाडौंमा ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र नवलपरासीमा ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर पनि बढ्दै गएको छ । गत २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४५८ जनाको नमुना परीक्षण गर्दा २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।


