नेपालमा आइपुग्यो रेल ( हेर्नुहोस् तस्बिरहरु)
जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार (आज ) अपराह्नसम्म जनकपुर आइपुग्ने भएको छ ।
बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो। छ वर्षअघि २०७१ सालबाट सो रेल सेवा बन्द रहेको छ । नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट रेल खरिद गरिएको हो । जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका दुईवटा रेल शुक्रबार मध्याह्न जनकपुर रेल्वे स्टेसनमा आइपुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ । आज अपरान्हसम्ममा जनकपुर आइपुगने नेपाल रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् ।








