आज एकैदिन १५३९ जनामा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...