काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा ५५५ ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार मंगलार देशभर १४५९ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय देशका अन्य क्षेत्रहरु भन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ अत्याधिक बढ्दै गएको छ । मन्त्रालयले संक्रमितहरु थपिएको पुष्टि गरे पनि संक्रमितहरुको ठेगाना भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...