डब्ल्युएचओले भन्यो, ‘भारतको कोरोना संक्रमण विश्वकै तीब्र



हाम्रो इकोनोमि

 

विश्वमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ७ हजार ९३० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ ।
त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन् ।

भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको डब्लूएचओको रिपोर्टले जनाएको छ । यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा अमेरिका र भारत दुवै देशमा कोरोनाका कारण हजारभन्दा बढी मानिसको मृत्यु भएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओको तथ्यांकअनुसार बितेको २४ घण्टामा ब्राजिलमा ८७४ जनाको मृत्यु भएको छ । विश्वभरमा भने ५ हजार ५ सय जनाको जयन गएको छ। योसमेत गरेर विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

सबै जोड्दा विश्वमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या २ करोड ८० लाख नाघिसकेको डब्लूएचओले जनाएको छ। तीमध्ये लगभग आधा मानिस अमेरिकाका छन् ।

डब्लूएचओका प्रवक्ताका अनुसार यसअघि २४ घण्टामा सबैभन्दा बढी संक्रमण पुष्टि सेप्टेम्बर ६ मा भएको थियो। त्यस दिन ३ लाख ६ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
डब्लूएचओका अनुसार सेप्टेम्बेरयता भारतमा कोरोना संक्रमणबाट दैनिक हजारभन्दा बढी मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...