डब्ल्युएचओले भन्यो, ‘भारतको कोरोना संक्रमण विश्वकै तीब्र



हाम्रो इकोनोमि

 

विश्वमा पछिल्लो २४ घण्टामा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख ७ हजार ९३० जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ ।
त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन् ।

भारतमा ९४ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको डब्लूएचओको रिपोर्टले जनाएको छ । यसपछि क्रमशः अमेरिकामा ४५ हजार ५ सय २३ र ब्राजिलमा ४३ हजार ७ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अवधिमा अमेरिका र भारत दुवै देशमा कोरोनाका कारण हजारभन्दा बढी मानिसको मृत्यु भएको डब्लूएचओले जनाएको छ ।

डब्लूएचओको तथ्यांकअनुसार बितेको २४ घण्टामा ब्राजिलमा ८७४ जनाको मृत्यु भएको छ । विश्वभरमा भने ५ हजार ५ सय जनाको जयन गएको छ। योसमेत गरेर विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

सबै जोड्दा विश्वमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या २ करोड ८० लाख नाघिसकेको डब्लूएचओले जनाएको छ। तीमध्ये लगभग आधा मानिस अमेरिकाका छन् ।

डब्लूएचओका प्रवक्ताका अनुसार यसअघि २४ घण्टामा सबैभन्दा बढी संक्रमण पुष्टि सेप्टेम्बर ६ मा भएको थियो। त्यस दिन ३ लाख ६ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
डब्लूएचओका अनुसार सेप्टेम्बेरयता भारतमा कोरोना संक्रमणबाट दैनिक हजारभन्दा बढी मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...