दुई जना कोरोना संक्रमितको मृत्यु



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं। ५ निवासी ४७ वर्षीया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापको बिरामी ती महिलामा यही भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा उपचाररत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ का ५८ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको छ । ती पुरुषको गएराति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनमा यही भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...