चितवनमा थप ८७ जनामा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

चितवनमा थप ८७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार संक्रमित ३ देखि ९० वर्ष उमेर समूहका छन् । संक्रमित ८७ मध्ये भरतपुर महानगरपालिकामा मात्रै ७३ जना रहेका छन् ।

बाँकी रत्ननगरका २, खैरहनीका ४  र कालिका नगरपालिकाका ८ जना रहेका प्रयोगशलाले जनाएको छ । संक्रमित सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको प्रयोगशाला प्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...