चितवनमा थप ८७ जनामा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

चितवनमा थप ८७ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । शुक्रबार राति गरिएको परीक्षणमा चितवनमा थप ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा ५ सय ३३ जनाको थ्रोट स्वाब नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण देखिएको प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

उनका अनुसार संक्रमित ३ देखि ९० वर्ष उमेर समूहका छन् । संक्रमित ८७ मध्ये भरतपुर महानगरपालिकामा मात्रै ७३ जना रहेका छन् ।

बाँकी रत्ननगरका २, खैरहनीका ४  र कालिका नगरपालिकाका ८ जना रहेका प्रयोगशलाले जनाएको छ । संक्रमित सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको प्रयोगशाला प्रमुख अधिकारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...