मंगलबार थप ९०२ जनामा कोरोना, २२८७ जना डिस्चार्ज



हाम्रो इकोनोमि

 

मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हालसम्म निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।

विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...