काेराेना संक्रमणबाट विराटनगर र जनकपुरमा तीन जनाकाे मृत्यु



हाम्रो इकोनोमि

 

काेराेना भाइरस (काेभिड-१९)काे संक्रमणबाट विराटनगर र जनपुरमा गरी ३ जनाकाे मृत्यु भएकाे छ । विराटनगरमा दुई र जनकपुरमा एक जनाकाे मृत्यु भएकाे हाे ।

कोरोना संक्रमणबाटै मोरङकाे विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका-१० का ७६ वर्षीय पुरुष र मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेजमा उपचाररत बुढीगंगा गाउँपालिका- ४ का ५२ वर्षीय पुरुषको मृत्यु भएकाे छ ।

७६ वर्षीय ती वृद्धमा ११ भदाैमा काेराेना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका उनी स्वास्थ्य अवस्था असहज बनेपछि शनिबार अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनकाे मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो ।

त्यस्तै ५२ वर्षीय मृतक पुरुष १९ भदाैमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा उनको आइतबार मृत्यु भएको विराट मेडिकल कलेजका कोभिड फोकल पर्सन डा.पुरु कोइरालाले जानकारी दिए । मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । मृतक पुरुषमा निमोनियाको पनि समस्या देखिएको थियो । योसँगै विराटनगरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रदेशमा ४३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

जनकपुरमा एक जनाकाे मृत्यु

यसैबीच, प्रादेशिक अस्पताल जनकपुरमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह र उच्च रक्तचापकाे समस्याबाट पीडित उनलाई लगातार पाँच दिनदेखि ज्वरो आएपछि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो । त्यहाँ उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा शनिबार राति उनको रिपाेर्ट पोजेटिभ आएको थियो । लगत्तै उनलाई आइतबार बिहान प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनकाे भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा आइतबार राति मृत्यु भएको डा. जामुन सिंहले बताए । मृतक पुरुष मिर्चैयामा ग्यास पसल सञ्जालक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...