मलका ठेकदार, प्रचण्डका घरबेटी शारदा अधिकारीको धरौटी जफत



हाम्रो इकोनोमि

 

 

गत पुसमै मलको ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष नपुर्‍याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुबै कम्पनीलाई कालोसूचीमा राख्नका लागि कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ । आइतबार कृषि सामग्री संस्थानको बैठक बसेर दुबै केदारको धरौटी जफत गर्न लागिएको स्रोतले बतायो ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कस्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो । उनीहरुले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुबै कम्पनीलाई कारवाही गर्न लागिएको स्रोतले बतायो ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी हुन् । उनले माओवादीको प्रभव प्रयोग गरेर ठेक्काहरु हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्काे होविको मल्टीपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

मलको आपूर्ति र वितरण दुबैमा गडबडी हुने गरेको निश्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुबै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले बतायो ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार सय ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निश्कर्ष छ । अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीइ तह (नगरपालिका/गाउँपालिका) मार्फत किसानसमक्ष पुर्‍याइने गरी कषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ठेकदारलाई कारवाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरुको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।

यसैवीच, शनिबार विप्लव समूहका प्रवक्ता प्रकाण्डले एक वक्तव्य प्रकाशित गरेर शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालालाई सरकारले कारवाही नगरे आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका थिए । विप्लव समूहको चेतावनी आएको भोलिपल्टै प्रचण्डका घरबेटीसहितका ठेकदारलाई सरकारले कालोसूचीमा राख्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...