कोरोनाले केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु



हाम्रो इकोनोमि

 

केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो।

दीर्घरोगी रहेका पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।

उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए। तीनै जनामा दिर्घ रोग रहेको पनि बाँस्कोटाले बताए। यस अघि मेघा अस्पतालमा मृत्यु भएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको थियो।

मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ। योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...