कोरोनाले केन्द्रीय कारागारका तीन जना कैदीको मृत्यु



हाम्रो इकोनोमि

 

केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो।

दीर्घरोगी रहेका पाल्पाका ५८, बझाङका ६० र सिरहाका ६४ वर्षका पुरुषको गत १६ गते निधन भएको र उनीहरुको बिहीबार बेलुका कोरोना पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।

उनीहरु विभिन्न मुद्दामा कारागारमा थिए। तीनै जनामा दिर्घ रोग रहेको पनि बाँस्कोटाले बताए। यस अघि मेघा अस्पतालमा मृत्यु भएका कञ्‍चनपुरका ४१ वर्षीय कैदीमा कोरोना पुष्टि भएको थियो।

मृत्यु भएका तिनै जनाको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अस्पतालमा राखिएको छ। योसँगै केन्द्रीय कारागारमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...