नेपालमा संक्रमितको संख्या ४१,६४९ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १,१२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।

आज (बुधबार) काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन् । देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक हजार ११२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...