कच्चा तेलको मूल्य पाँच महिनायताकै उच्च



हाम्रो इकोनोमि

 

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर पाँच महीनाकै उच्च विन्दुमा उक्लिएको छ । तेलको आपूर्ति उच्च भएकै बेलामा विश्वमा तेलको माग कोभिड–१९ को महामारी पूर्वको स्तरमा फर्किन नसकेकै बेलामा संयुक्त अरब इमिरेट्स (यूएई)ले कच्चा तेलको आपूर्ति ३० प्रतिशत घटाएको र चीनको आर्थिक तथ्यांक सकारात्मक आएको खबरले तेलको भाउलाई टेवा दिएको हो ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुड फयूचर्सको भाउ सोमवार १ दशमलव ५ प्रतिशतले बढेर प्रतिब्यारेल ४६ डलर ५ सेन्टमा उक्लिएको थियो । यो पाँच महीनाकै उच्च हो ।

न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ४३ डलर ४८ सेन्ट कायम भएको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ः२० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४५ डलर ६ सेन्टमा आएको थियो । सोही समयमा डब्ल्यूटीआई पनि ४३ डलर २८ सेन्ट कायम भएको थियो । ब्रेन्टको भाउ अगष्टमा लगातार पाँचौं महीना पनि बढ्ने क्रममा रहेको छ । डब्ल्यूटीआईको भाउमा भने चौथो मासिक वृद्धि हुने क्रममा रहेको छ ।

अक्टोबरमा आपूर्ति ३० प्रतिशतले घटाइने यूएईको सरकारी तेल कम्पनी आबु धाबी नेशनल आयल कम्पनीले सोमवार  ग्राहकहरुलाई बताएको छ । सेप्टेम्बरमा भने कम्पनीले आपूर्ति ५ प्रतिशत कटौती गरेको थियो ।

ओपेक प्लसले सहमति गरेको उत्पादन कटौतीमा यूएईको तर्फबाट कटौती प्रतिबद्धता पूरा गर्न यस्तो गरिएको हो । मागमा विस्तारै सुधार भइरहेको अवस्थामा कटौतीले यस वर्षको पूर्वार्द्धमा थुप्रिएर बसेको अत्यधिक सञ्चिति सोस्न मद्दत गर्ने ओसीबीसीका अर्थशास्त्री हाउई लिले भने ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...