कच्चा तेलको मूल्य पाँच महिनायताकै उच्च



हाम्रो इकोनोमि

 

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर पाँच महीनाकै उच्च विन्दुमा उक्लिएको छ । तेलको आपूर्ति उच्च भएकै बेलामा विश्वमा तेलको माग कोभिड–१९ को महामारी पूर्वको स्तरमा फर्किन नसकेकै बेलामा संयुक्त अरब इमिरेट्स (यूएई)ले कच्चा तेलको आपूर्ति ३० प्रतिशत घटाएको र चीनको आर्थिक तथ्यांक सकारात्मक आएको खबरले तेलको भाउलाई टेवा दिएको हो ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा नोभेम्बर डेलिभरीको ब्रेन्ट क्रुड फयूचर्सको भाउ सोमवार १ दशमलव ५ प्रतिशतले बढेर प्रतिब्यारेल ४६ डलर ५ सेन्टमा उक्लिएको थियो । यो पाँच महीनाकै उच्च हो ।

न्यूयोर्कस्थित न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशमलव २ प्रतिशतले बढेर प्रतिब्यारेल ४३ डलर ४८ सेन्ट कायम भएको थियो ।

यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार साँझ ६ः२० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४५ डलर ६ सेन्टमा आएको थियो । सोही समयमा डब्ल्यूटीआई पनि ४३ डलर २८ सेन्ट कायम भएको थियो । ब्रेन्टको भाउ अगष्टमा लगातार पाँचौं महीना पनि बढ्ने क्रममा रहेको छ । डब्ल्यूटीआईको भाउमा भने चौथो मासिक वृद्धि हुने क्रममा रहेको छ ।

अक्टोबरमा आपूर्ति ३० प्रतिशतले घटाइने यूएईको सरकारी तेल कम्पनी आबु धाबी नेशनल आयल कम्पनीले सोमवार  ग्राहकहरुलाई बताएको छ । सेप्टेम्बरमा भने कम्पनीले आपूर्ति ५ प्रतिशत कटौती गरेको थियो ।

ओपेक प्लसले सहमति गरेको उत्पादन कटौतीमा यूएईको तर्फबाट कटौती प्रतिबद्धता पूरा गर्न यस्तो गरिएको हो । मागमा विस्तारै सुधार भइरहेको अवस्थामा कटौतीले यस वर्षको पूर्वार्द्धमा थुप्रिएर बसेको अत्यधिक सञ्चिति सोस्न मद्दत गर्ने ओसीबीसीका अर्थशास्त्री हाउई लिले भने ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...