डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन् । शनिबार डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको हो । अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् । डा. रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा. रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ ।

फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्छ । विगतमा स्वास्थ्यकर्मीमाथि जेजस्ता घटना भएका छन्, त्यो हाम्रो परम्परा संस्कृतिसँग मेल खाने कुरा होइनन् । भोलि जे पनि हुन सक्छ । अहिले हाम्रो परिवारलाई कोरोना देखिएको छ ।’ उनले सबैको शुभेच्छा र हौसलाले भोलि आफूहरु कोरोनामुक्त भएर फ्रन्टलाइनमा खट्ने अठोट व्यक्त गरे । डा. रिजालले कोरोनाको संख्या नेपालमा बढ्दैं जाँदा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका घटनाप्रति दुःख व्यक्त गरे ।  उनले फ्रन्टलाइनमा रहेर काममा समर्पितहरुका लागि कविता पनि रचेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...