डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि रिजाल ह्याम्स अस्पताल भर्ना भएका छन् । शनिबार डा. रिजालसँगै उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको हो । अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् । डा. रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा. रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ ।

फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्छ । विगतमा स्वास्थ्यकर्मीमाथि जेजस्ता घटना भएका छन्, त्यो हाम्रो परम्परा संस्कृतिसँग मेल खाने कुरा होइनन् । भोलि जे पनि हुन सक्छ । अहिले हाम्रो परिवारलाई कोरोना देखिएको छ ।’ उनले सबैको शुभेच्छा र हौसलाले भोलि आफूहरु कोरोनामुक्त भएर फ्रन्टलाइनमा खट्ने अठोट व्यक्त गरे । डा. रिजालले कोरोनाको संख्या नेपालमा बढ्दैं जाँदा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका घटनाप्रति दुःख व्यक्त गरे ।  उनले फ्रन्टलाइनमा रहेर काममा समर्पितहरुका लागि कविता पनि रचेका छन् ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...