काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।

‘म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले भने।

उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए।

‘लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु,’ उनले भने।

नले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बताए।

‘श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौं। त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं। आज भने अस्पतालले मेरो पोजेटिभ देखियो भनेर खबर गर्यो,’ उनले भने।

मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए। ‘लक्षण केही देखिएको थिएन। त्यहीँ अलिक अगाडि थकान महशुस भएको थियो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...