काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ।

उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए।

‘म र श्रीमतीसहित ग्रान्डीमा जाँच गर्न गएका थियौं। पिसिआर परीक्षण गर्दा मेरो पोजेटिभ देखियो। श्रीमतीको भने नगेटिभ देखिएको छ,’ मेयर शाक्यले भने।

उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको बताए।

‘लक्षण देखिएको छैन। स्वास्थ्य अवस्था सामान्य छ। अहिले घरमै बसिरहेको छु,’ उनले भने।

नले श्रीमतीलाई ज्वरो देखिएपछि जाँचका लागि आइतबार बिहान ग्रान्डी अस्पताल पुगेको बताए।

‘श्रीमतीलाई एक सय डिग्री ज्वरो नाघेपछि अरू नियमित जाँच पनि गर्ने भनेर ग्रान्डी गएका थियौं। त्यही बेला पिसिआर परीक्षणका लागि स्वाब पनि दिएर घर फर्किएका थियौं। आज भने अस्पतालले मेरो पोजेटिभ देखियो भनेर खबर गर्यो,’ उनले भने।

मेयर शाक्यले आफूलाई केही दिनअघि भने थोरै जिउ दुखेर असहज भएको सुनाए। ‘लक्षण केही देखिएको थिएन। त्यहीँ अलिक अगाडि थकान महशुस भएको थियो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...