राइफल युनिटीले संचालन गरेको मासु पसल उदघाटन



हाम्रो इकोनोमि

 

राप्ती नगरपालिका वडा न ०२ मा अबस्थित पुर्बी चितवनको सकृय युबाहरुको समूह राइफल युनिटीले संचालन गरेको मासु पसल आज एक कार्यक्रममा बिच उदघाटन गरिएको छ । कोरोना भाइरस कोबिड १९ को महामारीलाई मध्य नजर गर्दै कुनै औपचारिक कार्यक्रम नगरी सामान्य रुपमा रिबन काटेर उदघाटन गरिएको युनिटिका अध्यक्ष गणेश तामाङले जानकारी दिनुभयो । उदघाटन कार्यक्रम राप्ती नगरपालिका वडा न ०२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेती ज्युको हात बाट गरिएको थियो । सो अबसरमा मासु पस्ल लाई मासु राख्न प्रयोग गरिने फृजपनि हस्तान्तरण गरिएको छ ।

राप्ती नगरपालिका वडा न ०२ को आर्थिक सहयोगमा ०२ वटा फृज हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेती ले युबाहरुनै समाजको रुपान्तरणको सम्बाहक भएको र आगामी दिनमा युबाहरुलाइ जेसुकै सहयोग गर्न पर्नी तयार रहेको बताउनुभयो । सबै युबाहरु राइफल युनिटी जस्तो एउटा क्लब सामुहिक कृषि पेसामा लागेर समाज रुपान्तरण गर्ने क्लब बन्न समेत अनुरोध गर्नुभयो ।

आगामी दिनमा वडा लाई समुन्नत बनाउन पनि युबाहरु लाग्नुपर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो । सोही कार्यक्रममा बोल्दै युनिटिका अध्यक्ष तामाङले आगामी दिनमा वडाको हरेक बिकाश र समृद्धिमा क्लबको साथ रहनेपनि बताउनुभयो वडाले फृज सहयोग गरेकोमा अध्यक्ष उप्रेती लगायत सम्पुर्ण वडा परिबारलाई समेत युनिटिको तर्फबाट धन्यवाद दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...