देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ।

नका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रदेशगत विवरण
आज प्रदेश नम्बरमा १ मा १ हजार २ सय ४७, प्रदेश नम्बर २ मा २ हजार १ सय २, बागमती प्रदेशमा ४ हजार ३ सय ७० र गण्डकी प्रदेशमा ४ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ६० र सुदूरपश्चिम प्रदेशमा ९ सय ५६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेका छन् ।

यसैगरी प्रदेश नम्बर १ मा १७ जना, प्रदेश नम्बर २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नम्बर ५ मा १६ जना गरी १ सय ४४ जना आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर १ मा ३ जना , बामगती प्रदेशमा १२ र प्रदेश नम्बर ५ मा २ गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रदेश नम्बरमा १ मा ४ सय ९०, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २, बागमती प्रदेशमा १ हजार ९ सय ५० र गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ८०, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ४९ गरी देशभरी होम आइसोलेसनमा ६ हजार ९ सय ६ जना रहेका छन् ।

आज २ सय ६७ जना डिस्चार्ज भएका छन । जसमा प्रदेश नम्बरमा १ मा १ हजार ५ सय ६९, प्रदेश नम्बर २ मा ४ हजा।र ७ सय ४३, बागमती प्रदेशमा १ हजा २३ र गण्डकी प्रदेशमा १ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ४९, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ४८ गरी आजसम्म २० हजार ८ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभरीका क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...