कालीकोटमा भिषण पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता



हाम्रो इकोनोमि

 

कालीकोटको तिलागुफा नगरपालिका वडा नं-१ नाग्ममा गएको पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले बताए ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका ३ वर्ष ११ का अर्जुन हमाललाई जीवितै उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षीया पन्ना शाहीको जीवितै उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...