भक्तपुरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु



हाम्रो इकोनोमि

 

भक्तपुरमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका बासिन्दा उनको आइतबार  विहान मृत्यु भएकोजिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

उच्च रक्तचाप र महुमेहको समस्या देखिएका ति पुरुषमा कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन । उनी आफै खाना खान नसक्ने समस्या भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए ।

भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए’ मिजारले भने, ‘घरमै बसेको बेला आज बिहान उनको मृत्यु भएछ ।’

मृत्यु भएपछि मात्र परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको जनस्वास्थ्य अधिकृत मिजारले बताए । ‘केही समस्या भए फोन गर्नू अस्पताल लान्छौ भनेका थियौं, तर मृत्यु भएपछि मात्रै खबर आएछ’ उनले  भने।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...