हनुमान मन्दिर र मठ निर्माण गर्ने प्रभु साहको घोषणा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् ।

सांसद साहद्वारा मन्दिर निर्माण गर्ने भनिएको स्थानमा भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारी साहप्रति सांसद साहले सम्मान स्वरुप मठ र मन्दिर निर्माण गर्न लागेका हुन् ।

‘पुजारीको हत्यामार्फत धार्मिक सामाजिक कार्यमा लाग्ने व्यक्तिलाई निरुत्साहित गर्ने र उक्त स्थानमा भईरहेको बजारको विकासलाई रोक्ने हत्याराहरूको स्पष्ट अभिप्राय देखिएकोले त्यस्तो हुन नदिन माननीय प्रभु साहको पहलमा सबै पक्षबाट सहयोग जुटाएर हामी यो मन्दिर निर्माण गर्न लागेको हो’ सांसद साहका स्वकिय सचिव विजय यादवले भने । उनका अनुसार भोली (आइतबार) नै उक्त मन्दिरको शिलान्यास हुन सक्ने बुझिएको छ ।

पुजारी श्रीराम साहले हनुमान मन्दिरको स्थापना गरे देखि उक्त स्थानमा बजारको तीव्र विकास भईरहेको र पुजारीको हत्या पश्चात बजारको भविष्य नै अन्योल हुने माधाव नारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साहले बताइन । ५ वर्ष अगाडि सांसद साहको पहलमा देवाहीबाट खेसरहिया हुदै वीरेन्द्र राजमार्गमा जोडने नयाँ सडक निर्माण भएदेखि उक्त स्थानमा बजार लाग्दै आएको छ ।

पुजारीको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउनुपर्ने सांसद साहले निरन्तर ध्यानाकर्षण गराउदै आएका छन् । यसअघि सांसद साहले पुजारी हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग राखेका थिए ।

पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने सांसद साहको माग थियो ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...