बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवन बन्ने



हाम्रो इकोनोमि

 

बंगलामुखि बचत तथा ऋण सहकारी संस्था राप्ती २ को आफ्नै भवन बन्ने भएको छ। २०६७ साल श्रावण ७ गते प्रकाश सिवाकोटीको अध्यक्षतामा स्थापन भएको सो संस्थाले राप्ती नगरपालिका वडा नम्बर १,२ र ३ नै आफ्नो सेवाक्षेत्रको रुपमा बिस्तार गर्दै आएको छ । एक हजार एक सय भन्दा माथी शेयर सदस्य रहेको सहकारी संस्थाले बार्सिक ५ करोड सम्मको कारोबार गर्दै आएको र शेयर पुजि ६० लाख रहेको संस्थाका सचिब रोमान्च डल्लाकोटिले बताउनु भयो ।

संस्थाको आफ्नै जग्गा २ कठ्ठा ५ धुर क्षेत्रफलमा निर्माणधिन एक तले भवन ७ कोठाको रहने, त्यसका लागि ३० देखि ३५ लाख सम्म खर्च हुने र अबको ३ देखि ४ महिना भित्रमा भवन निर्माण कार्य सम्पन्न गरिने सहकारी संस्थाका ब्यबस्थापक राजन पाण्डेले बताउनु भयो । सहकारीले छोटो समयमा उल्लेखनीय प्रगती गर्दै आम शेयर धनिको हितमा काम गर्दै आएको समिति सम्योजक भुवनराज रुवालिले बताए ।हाल सो संस्थाको अध्यक्ष रुद्र प्रसाद बर्तौलाले हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...