कोरोना संक्रमणबाट एकजनाको मृत्यु



हाम्रो इकोनोमि

 

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा नगरपालिका वडानम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा बिहीबार राति साढे २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यससँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...