उप -प्रमुख इमानसिह लामाले एकैदिन ४ जना बिरामीको उद्दार गरे



हाम्रो इकोनोमि

 

नेकपा राप्ती नगरकमिटी अध्यक्ष एबम राप्ती नगरपालिकाका उप -प्रमुख इमानसिह लामा निरन्तर जनताको सेबामा लागिरहनुभएको छ । बिश्वमहामारी कोरोना भाइरसका बिचपनि असाहय गरिब जनताको उद्दारमा खटिरहनुभएको छ । चैत्र ११ गतेबाट लकडाउन भएपछि निरन्तर रुपमा अति गम्भीर प्रकारका बिरामीको उद्दारमा सक्रिय हुनुहुन्छ । आज मात्रै लामाले ४ जना बिरामीको उद्दार गर्नुभएको छ ।

विभिन्न रोग सग लडिरहेको बिरामीलाई उद्दार गर्दा मनमा शान्ती मिल्ने लामाले बताउनुभयो । लामाले आज मात्रै राप्ती नगरपालिका वडा न ०१ निबासी हरि घिमिरे , वडा न ०२ निबासी होम मगर , वडा न ०५ निबासी नानू घिमिरे , वडा न ०३ निबासी बिन्दु परियारको उद्दार गरि हस्पिटल पुर्याउनुभएको हो ।

उहाँहरु विभिन्न रोग सग ग्रसित हुनुहुन्छ । लामाले विशेष गरि किड्नी डाईलासिस र किमु चडाउने ब्यक्तिहरुको उद्दार गर्दै आउनुभएको छ । हाम्रो इकोनोमी सग कुराकानी गर्दै लामाले जनताको सेबा गर्न पाउँदा आफ्नो मन शान्त हुने समेत बताउनुभयो राम्रो कामको प्रचार गर्न नहुने भन्दै आगामी दिनमा समेत जनताको सुखदुःखमा सदैब साथ दिनेपनि बताउनुभयो । लामा लुम्बिनी बिकास कोषका पुर्ब कार्यकारी निर्देशक समेत हुन ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...