कारोनाको तजा अपडेट : कहाँ – कहाँ के-के भयो



 

पोखरा महानगरपालिका- १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु  भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ गते प्रतिष्ठानमा ल्याइएको थियो । महिलालाई बुधबारदेखि स्वास्थ्य समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । निर्देशक आचार्यले भने, ‘उनमा अरु स्वास्थ्य समस्या नभएको खुलेको छ । कोभिडकै कारणले मृत्यु भएको अहिलेसम्म जानकारीमा आएको छ ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौं कोरोना संक्रमित हुन् । पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि पोखरा महानगरपालिका-१६ का ८७ वर्षका वृद्ध र पोखरा- १९ का ६२ वर्षका पुरुषको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ९ पुगेको छ ।

ललितपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो ।

‘योचाहिँ विशुद्ध कोभिड डेथ देखिएको छ,’ पाठकले भने, ‘भेण्टिलेटरमा राखेर उपचार गर्दागर्दै हिजो राति उहाँको डेथ भयो ।’पाठकका अनुसार ति पुरुषको स्थायी घर अर्घाखाँची हो भने केही समयदेखि यतै बस्दै आएका थिए ।

वीरगञ्जमा अर्का संक्रमितको पनि ज्यान गयो

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । भदौ ११ गते बिहीबार विहान ८ः१० मा उनको मृत्यु भएको नारायणी अस्पतालमा सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

एउटा खुट्टामा समस्या भएका कारण बैशाखीको सहायतामा हिँडडुल गर्ने उनलाई भदौ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै मिर्गौला फेल भएका कारण एक वर्षदेखि उनले वीरगञ्ज हेल्थ केयर अस्पतालमै डायलायसिस गराउँदै आएका थिए ।

कोरोना संक्रमण पुष्टि भएपछि पनि हेल्थ केयरमा उनको मिर्गौलाको डायलायसिस गराइएको थियो । तर जति कोसिस गर्दा पनि बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

पर्सामा सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

पर्सा, बारा र रौतहटमा गरी थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालमा ५ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।

संक्रमितमध्ये २१ जना पर्साका छन् । जसमा दुई जना सशस्त्र प्रहरी जवान र दुई जना स्वास्थ्यकर्मी र एक जना उनीहरुको परिवारका सदस्य पनि संक्रमित भएका छन् ।

कोभिड महामारीमा खटिएका जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर, उनको श्रीमती एवं नारायणी अस्पतालमा कार्यरत नर्स र छोरामा कोरोना संक्रमण देखिएको हो । यसअघि संक्रमणमुक्त भइसकेकी उनलाई पुनः संक्रमण पुष्टि भएको छ ।

बाराका ५ जना संक्रमित छन्, रौतहट गौरका तीन जना कैदीबन्दी र जीतपुर ब्यारेकका एक जना नेपाली सेनाको पीसीआर परीक्षण पोजेटिभ आएको छ ।

हत्या आरोपीबाट प्रहरीमा फैलियो कारोना, महाराजगञ्जका २२ जना संक्रमित

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ । वृत्तमा कार्यरत अधिकृतसहित २२ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो । त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो ।

घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले  बताए ।

जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको मौन अवधि

    बिहीबार मध्यराति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु हुने भएको छ

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार

थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही

कार्यसक्षमता नभएका मन्त्रीहरूको पद धरापमा

    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारीरुपमा काम