म अर्थमन्त्री नभए पार्टीको अधिवेशन मै केन्द्रित हुन्छु : नेता पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेता एवं (नेकपा) को विवाद समाधानका लागि गठन भएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले विशेष गरी अध्यक्षद्वयलाई पार्टी र सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र पार्टीको विधि र पद्धति अनुसार महाधिवेशमा जाने नै कुख्य कुरा भएको बताउनु भएको छ । कुनै एक व्याक्तिले म नै पार्टीको सर्वेसर्वा हुँ भन्ने सोच राख्न नहुने र पार्टी कोही एक व्यत्तिको कारणले सानो वा ठुलो नहुने ठोकुवा गनूभयो ।
हाम्रो इकोनोमीसँग कुरा गर्दै वहाँले अध्यक्षद्वयको जिम्मेवारी वाँडफाँड, सरकार सञ्चालन, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीति तथा सांगठनिक क्षेत्र, पार्टीको महाधिवेशन, सरकार सञ्चालन र प्रभावकारीता, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, संसदीय दलका सदस्यहरूलाई सम्बन्धित विषयहरूमा प्रशिक्षणको व्यवस्था गर्ने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने नै यो कार्यदलको प्रतिवेदनको भुमिका रहने बताउनु भयो ।
पारस्परिक विश्वास, सहमति, विधान र पद्धतिअनुरूप समस्या समाधान गर्नुपर्छ । यसका लागि अध्यक्षद्वयका बीचमा कार्यविभाजन र कार्याधिकार निश्चित गर्नुपर्छ अबको नेकपाको लक्ष्य यसमै केन्द्रित हुन जरुरी छ वअहाँले बताउनु भयो । कार्यदलको प्रतिवेदनमा एक व्यक्ति एक पद हुनुपर्ने बिषयमा भने सहमती हुन नसकेके पनि बताए । नेकपा विवाद समाधानका लागि प्रस्ताव तयार पार्न कार्यदल गठन भएको थियो। पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,भीम रावल,पम्फा भुसाल,जनार्दन शर्मा र शंकर पोखरेल छन्।
कार्यदलको प्रतिवेदनले नै नेकपा एकढिक्क भएर अगाडी बढने वहाँको बिश्वास छ । वहाँलाई नेकपाका नेता, कार्यक्रता र आम जनताले अर्थमन्त्री बन्न सुझाव दिएको पनि बताएका छन । आफु सुझाव अनुसार नै चल्ने यदि अर्थमन्त्री नभए पार्टीको अधिवेशन मै केन्द्रित हुँने आफ्नो सोच रहेको पनि वहाँले बताउनु भयो । कार्यदलको प्रतिवेदनको मर्म नै दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्नुपर्ने छ यो नै नेकपा बलियो बनाउने आधार भएको बताउनु भयो ।


