सांसद प्रभु साहको पाँच बुँदे माग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग गरेका छन् ।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी साहको हत्या भएको थियो । यस अघि नै घटनाप्रति गृह प्रशासनको ध्यानाकर्षण गराएका सांसद साहले सोमबार थप पाँच बुँदे स्पष्ट माग राखेका हुन् ।

सांसद साहले पुजारी श्रीराम साहको हत्यारालाई तुरुन्त पक्राउ गर्नुपर्ने, मृतक साधु श्रीरामलाई शहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने, श्रीराम साहको सालिकसहित भव्य हनुमान मन्दिरको निर्माण शुरु गर्नुपर्ने र शान्ति सुरक्षाको लागि उक्त बजार (खेसरहिया) मा प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखेका हुन् ।

प्रहरीद्वारा थालिएको घटनाको प्रारम्भिक अनुसन्धानमा तालिमप्राप्त कुकुरको मद्दतले सुरु गरिएको अनुसन्धानबाट हिन्दु–मुस्लिम बीच साम्प्रदायिक द्वन्द्व सृजना गर्ने उद्देश्यले राजनीतिक समुहबाट यस्तो भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरी निकट स्रोतका अनुसार अनुसन्धानमा खटाइएको कुकुरले घटनास्थलबाट सिधै एक स्थानीय नेताको घरमा पुगेकोले राजनीतिक समुहको संलग्नताबारे प्रहरीले छानबिन तीव्र पारेको छ ।

घटनाको चौतर्फी आलोचना भएको भएपनि प्रशासनले ठोस तथ्य पत्ता नलाग्नुमा ठूलो शक्तिको चलखेल रहेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...