नयाँ अर्थमन्त्रीमा पहिलो रोजाई सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

अबको अर्थ मन्त्रीमा तपाईले को देख्न चाहनु हुन्छ  भन्ने प्रश्नमा धेरै नेताहरुको नाम अगाडी सारिए, जसमध्य सबैभन्दा धेरै भोट या रोजाईमा नेकपा नेता सुरेन्द्र पाण्डे परेका छन्।

सुरेन्द्र पाण्डे अर्थमन्त्रालयमा टेस्टेड नाम हुन्। ०६६ जेष्ठ खेखि ०६७ माघ सम्म नेपाल कै सफल अर्थमन्त्रीकोको कमान सम्हालिसकेका छन् ।

अहिलेका विभिन्न विकल्पहरु मध्य शेयरबजारमा पनि लगानीकर्ताले पाण्डेलाई खोजि गरेको देखिन्छ।

पाण्डे बाहेक विष्णु पौडेल, नारायण काजी श्रेष्ठ, वर्षमान पुनको नाम चर्चामा छ।  यी मध्य वर्षमान पुनको सम्भावना कम छ किन भने उन्नाले उर्जा मन्त्रालयको कमाण्ड समाली रहेका छन्।

नेकपाको फेरिएको समीकरण अनुसार पनि अबको अर्थमन्त्री को बन्ने भन्ने कुरा आउन सक्छ। मन्त्रीपरिषद फेरिने कुरा छ र सकभर दाहाल, नेपाल र ओली खेमामा कसले अर्थको भाग पाउछ उसकै पक्षबाट अबको अर्थमन्त्री चुनिनेमा पक्कापक्की छ।

प्रधानमन्त्री ओलीलाई आफ्नै विश्वासिलो पात्रलाई अर्थको कमाण्ड दिने इच्छा  छ। पहिले पनि पार्टी भित्र व्यापक विरोधको बाबजुट पूर्व गभर्नर युवराज खतिवडालाई ल्याएका थिए।

खतिवडालाई अब मन्त्री पद जोगाउन अब ओलीले मन्त्री परिषदबाट उनलाई राष्ट्रिय सभाको सदश्यमा सिफारिस गर्नु पर्ने छ।  त्यो गर्दा पार्टीबाट एकदम ठुलो विद्रोह ओलीले खेप्नु पर्ने छ। जसको सम्भावना एकदम कम छ।  पार्टीले बामदेव गौतमको नाम अगाडी सारीसकेको अवस्था छ। 

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...