मनमोहन र सशस्त्र प्रहरी अस्पतालमा ७०० जना आइसोलेसनमा
हाम्रो नगरपालिकामा ६२ जना संक्रमित छन्। ती सबै हाम्रो नगरपालिकाभित्रकै छन्। बाहिरबाट आएका छैनन्।
नगरपालिकामा छ जना स्वास्थ्य कर्मचारीमा कोरोना देखिएको छ। समुदायस्तर नै भनौं यसलाई। कर्मचारीका घरको परिवारलाई पनि देखिएको छ। हिजो १ सय २९ जनाको स्वाब परीक्षण गर्दा कर्मचारी थप दुई जनामा देखियो। अरू नेगेटिभ छ।
नगरपालिकाले परीक्षणका लागि क्याम्प नै राखेको छ। संक्रमितहरूको स्वास्थ्यमा जटिलता छैन। लक्षण देखिएकाहरू मनमोहनमा अस्पतालमा छन्। लक्षणयुक्त दुई जना एपिएफ अस्पताल बलम्बुमा छन्। हामीकहाँ घरमा आइसोलेसनमा कोही बसेका छैनन्।
नगरपालिकामा पोजेटिभ आएका कर्मचारीहरू आइसोलेसनमा छन्। सशस्त्र प्रहरी अस्पताल र मनमोहनमा ७०० बेडको आइसोलेसन छ। यसकारण हामीलाई नयाँ आइसोलेसन बनाउन आवश्यक परिसकेको छैन। त्यहाँ भेन्टिलेटर र आइसियू पनि छन्। सायद १९-२० वटै होलान् एपिएफ अस्पतालमा।
हामीले नगरपालिका पूरै सिल गरेका छौं। पिसिआर टेस्ट गराउने कामलाई पनि तीव्रता दिएका छौं। अहिलेलाई हाम्रो तयारी र कार्यक्रम यति नै हो।
एकीकृत आइसोलेसन बनाउनेबारे सबै नगरपालिकाका मेयरबीच छलफल भइरहेको छ। विपन्न वर्गलाई राहतको कार्यक्रम भने अहिले छैन।


