थप ७४३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३२ हजार ६७८ पुग्यो



हाम्रो इकोनोमि

 

पालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसरा उपत्यकाका काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार १३ हजार ७ सय २५ जना कोरोनाका सक्रिय बिरामी छन् । संस्थागत आइसोलेसनमा ९ हजार १५४ जनाको उपचार भइरहेको छ भने क्वारेन्टाइनमा ११ हजार २७५ जना रहेका छन् । यस्तै होम आइसोलेसनमा ४ हजार ५६१ जना छन् ।

२४ घण्टामा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट १५७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...