उप-प्रमुख इमानसिह लामाले राजकुमार चेपाङको घर बनाईदिए



हाम्रो इकोनोमि

 

गत साउन १ गते नेपाली सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङको घर आफ्नै लागतले बनाइदिने घोषणा गर्नुभएका राप्ती नगरपालिकाका उप-प्रमुख इमानसिह लामाले आज उक्त बन्दै गरेको घरको निरीक्षण गर्नुभएको छ । लामा सहित राप्ती नगरपालिका वडा न ०२ का अध्यक्ष श्यामसुन्दर उप्रेती , नेकपा युबानेता सुदिप रुवाली , राइफल युनिटीका अध्यक्ष गणेश तामाङ , नेपाल चेपाङ सगका प्रतिनिधि बलराम चेपाङ सहितको टोलिले अनुगमन गर्नुभएको हो । उप-प्रमुख लामले कति काम सम्पन्न भयो कति बाकी छ भनेर हेर्न आएको बताउनुभयो । उक्त घर बन्दा लाग्ने लागत आफ्नो तर्फबाट प्रदान गर्ने घोषणा गर्नुभएका लामाले आज निरीक्षण गर्नुभएको हो । सोही क्रममा लामाले रासनको लागि चाहिने रु ५००० समेत मृतकको परिवारलाइ हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...