आज ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए । उनबा अनुसार मृत्यु हुनेमा एक ६ वर्षीया बालिका र ८ जना पुरूष रहेका छन्।

मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरूष, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरूषको मृत्यु भएको हो। त्यस्तै बारामा ५८ वर्षीय, सिरहामा ६८ वर्षीय, मकवानपुरमा ५६ वर्षीय र भक्तपुरमा ७३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। यो भनेको ०.५ प्रतिशत हो ।

यस्तै मन्त्रालयका अनुसार शनिबार देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३१ हजार ११७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...