आज ९ जनाको मृत्यु, मृतकको संख्या १४६ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए । उनबा अनुसार मृत्यु हुनेमा एक ६ वर्षीया बालिका र ८ जना पुरूष रहेका छन्।

मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरूष, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरूषको मृत्यु भएको हो। त्यस्तै बारामा ५८ वर्षीय, सिरहामा ६८ वर्षीय, मकवानपुरमा ५६ वर्षीय र भक्तपुरमा ७३ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ। यो भनेको ०.५ प्रतिशत हो ।

यस्तै मन्त्रालयका अनुसार शनिबार देशभर ६३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ३१ हजार ११७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...