अछाम बाढी अपडेट : ६ जनाको शव फेला पर्यो, १५ बेपत्ता



हाम्रो इकोनोमि

 

अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ। उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको हो।

बाढीमा बेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन्। बगेका ४ जनाको यसअघि नै बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा शव भेटिएको थियो।

सोमबार बिहान रामारोशन गाउँपालिकाको वडा नम्बर ३ सान्तडास्थित सैनीबजारमा पसेको बाढीले २२ घर बगाएको छ। अहिलेसम्म ६ जनाको शव फेला परेको छ भने १५ जना बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...