अस्पतालमा बिरामी भेट्दै सहयोग गर्दै सांसद आले



हाम्रो इकोनोमि

 

देशमा कोरोनाको कहर चलिरहेका बेला डोटीका प्रतिनिधि सभा सांसद प्रेम आले भने यस्तो समयमा पनि दिनभर विभिन्न अस्पतालहरुमा रहेका बिरामीहरुलाई भेटघाट तथा आर्थिक सहयोग गरिरहेका छन् ।

विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले केआइसिंह गाउँपालिका वडा नम्बर ३ डोटीका ८ वर्षीय बालक प्रविन जोशीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिए र मतिष्क रोगबाट पीडित जोशीको उपचारका लागि बुवा भीमराज जोशीलाई १० हजार नगद सहयोग समेत गरे । डोटी सांसद आलेले गृहजिल्ला पनि हो ।

त्यस लगत्तै आले अपरान्ह १२ बजे ललितपुरमा रहेको सुमेरु अस्पताल पुगेर डोटीकै आदर्श गाउँपालिका वडा नं. ६ का अध्यक्ष लाल ब. कडायतलाई भेटी आर्थिक अवस्था कमजोर रहेका वडाध्यक्षलाई २५ हजार नगद सहयोग गरे ।

त्यसैगरी अपरान्ह ४ बजे सांसद आले भारतमा रोजगारीका क्रममा ढाड भाँचिएर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका ३५ वर्षीया खगी बि. क. लाई भेटेर १५ हजार रुपैया नगद सहयोग प्रदान गरे । बिहिबार साँझ सांसद आलेले आदर्श गाउँपालिका ६ गिरिचौका घर भएका मृगौला पीडितकी श्रीमती राजमती देवी कडायतलाई भेटेर १५ हजार नगद सहयोग गरेर फर्किएका थिए ।

डोटी जिल्ला तथा सुदुर पश्चिमका जनता बिरामी परेपछि आफूले भ्याएसम्म सबै बिरामीलाई भेटेर आफुले सक्दो सहयोग गर्दै आईरहेको सांसद आलेले बुद्धटुडेलाई बताए । नेकपा डोटी जिल्लाका इञ्चार्जसमेत रहेका सांसद आलेले बिरामीलाई भेटेर सान्त्वना मात्रै दिँदा पनि उनीहरुलाई ठुलो राहत मिल्ने भन्दै आफूले सक्दो आर्थिक सहयोग पनि गर्ने गरेको जानकारी दिए । यतीमात्र हाृेईन यस पुर्वपनि सांसद अलेले विभिन्न दुःख पिडा तथा समस्यामा परेकालाई सहयोग गर्दै आईरहेका थिए ।

यतिधेरै सहयोगको श्रोत के हो ? भन्ने हाम्रो प्रश्नमा सांसद भएवापतको तलब भत्ता लगायतका स्रोतबाट प्राप्त रकमलाई जिल्लाबासीका समस्या समाधान तथा दुःख पिडामा परेकाहरुको सेवामा लगाउने गरेको उनले बुद्धटुडेलाई बताए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...