काग्रेसको बित्तिय तथा सहकारी विभागको सचिवमा भण्डारी



 

श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले बित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका भण्डारीको लामो समय सम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा नियुक्ति गरेको हो ।

उहाँ सहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्रीलालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् ।
संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।

सबै सस्थाको नेतृत्वदायी भुमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताउनुभएको छ ।

नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहनुभएका भण्डारी सहकारी क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको हो । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् ।

नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५(९ बमोजिम उहालाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उहाले पार्टीको केन्द्रिय बित्तिय विभागलाई थप सुदृढ र गतिशिल बनाउन दत्तचित्त भई लागि पर्ने बताउनुभएको छ ।

यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसक्नुभएका भण्डारी कुशल सहकारीकर्मीको रुपमा परिचित हुनुहन्छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्