काग्रेसको बित्तिय तथा सहकारी विभागको सचिवमा भण्डारी



हाम्रो इकोनोमि

 

श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले बित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्नुभएका भण्डारीको लामो समय सम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा नियुक्ति गरेको हो ।

उहाँ सहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्रीलालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् ।
संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।

सबै सस्थाको नेतृत्वदायी भुमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताउनुभएको छ ।

नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहनुभएका भण्डारी सहकारी क्षेत्रमा गर्नुभएको योगदानको कदर गर्दै वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको हो । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् ।

नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५(९ बमोजिम उहालाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उहाले पार्टीको केन्द्रिय बित्तिय विभागलाई थप सुदृढ र गतिशिल बनाउन दत्तचित्त भई लागि पर्ने बताउनुभएको छ ।

यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसक्नुभएका भण्डारी कुशल सहकारीकर्मीको रुपमा परिचित हुनुहन्छ ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...