कुन देशबाट कहिले हुनेछ उडान ?



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ ।

वायुसेवा कम्पनीहरुका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले यो बीचमा १७ उडान गर्दैछ । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ । अन्य विदेशी एयरलाइन्सले ११ वटा उडानको अनुमति पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन टर्कीस एयरलाइन्सले इस्तानबुलबाट अनुमति पाएको छ । यो बीचमा दक्षिण कोरियाबाट कोरियन एयरसमेत नेपाल आउने छ ।

सिल्क एयरले अष्टे्रलियाबाट नेपालीलाई काठमाडौं ल्याउने छ । यो बीचमा नेपाल एयरलाइन्स जापान पुगेर नेपालीलाई घर ल्याउने छ ।

सरकारले १५ भदौसम्म हुने उद्धार उडानको तयारी गरेको छ । १६ भदौबाट भने वयवसायिक उडान शुरु हुने मिति तोकिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ भदौबाट आन्तरिक तथा बाहृय उडान हुने निर्णय भएको परिपत्र सबै वायुसेवा कम्पनीलाई गराइसकेको छ । सरकारले १ भदौबाट नै व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो ।

तर, मुलुक भित्र संक्रमण बढेको निष्कर्ष निकाल्दै सरकारको व्यवसायिक उडान रोकेको हो ।

कहिले कहाँबाट कुनै वायुसेवाको उडान ?

मिति नेपाल एयरलाइन्स हिमालय एयरलाइन्स विदेशी एयरलाइन्स
१ भदौ दुबई (यूएई) क्वालालाम्पुर फ्लाइ दुबइ (यूएई)
२ भदौ दोहा (कतार) दोहा (कतार) टर्किस एयरलाइन्स (इस्तानबुल)
३ भदौ क्लावालाम्पुर, मलेसिया (२) क्वालालाम्पुर
४ भदौ जेद्दा (साउदी अरव) दमाम (साउदी अरब) फ्लाइ दुबई (यूएई)
५ भदौ दुबई (यूएई) क्वालालाम्पुर (मलेसिया) मालिन्दो एयर (मलेसिया)
६ भदौ कुवेत कुवेत जजिरा एयरवेज (कुवेत)
७ भदौ दमाम (साउदी अरव) दमाम (साउदी अरव)
८ भदौ दोहा (कतार) दोहा (कतार) कोरियन एयर (दक्षिण कोरिया)
९ भदौ दुबई (यूएई) आवुधावी (यूएई) एयर अरेविया, सारजहाँ (यूएइ)
१० भदौ रियाद (साउदी अरब) दमाम (साउदी अरब) कतार एयरवेज
११ भदौ दुबई (यूएई) अबुधावी (यूएई) इत्तिहाद एयर, आवुधाबी (यूएई)
१२ भदौ रियाद (साउदी अरब) दमाम (साउदी अरब)
१३ भदौ दुबई (यूएई) अवुधावी (यूएई) सिल्क एयर (अष्ट्रेलिया)
१४ भदौ दोहा १, जापान १ दोहा (कतार)
१५ भदौ दुबई (यूएई) अबुधावी (यूएई) एयर अरेबिया (सारजहा), यूएई

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...