कुन देशबाट कहिले हुनेछ उडान ?



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोकिएका नेपाली नागरिकको उद्धारका सिलसिलामा सोमबारबाट पाँचौ चरणको उद्धार सुरु हुँदैछ । अगष्ट ३१ तारीखसम्म ४० भन्दा बढी उडानबाट नेपालीलाई घर ल्याइँदैछ ।

वायुसेवा कम्पनीहरुका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले यो बीचमा १७ उडान गर्दैछ । हिमालय एयरलाइन्सले १५ वटा उडानको अनुमति पाएको छ । अन्य विदेशी एयरलाइन्सले ११ वटा उडानको अनुमति पाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई स्वदेश फर्काउन टर्कीस एयरलाइन्सले इस्तानबुलबाट अनुमति पाएको छ । यो बीचमा दक्षिण कोरियाबाट कोरियन एयरसमेत नेपाल आउने छ ।

सिल्क एयरले अष्टे्रलियाबाट नेपालीलाई काठमाडौं ल्याउने छ । यो बीचमा नेपाल एयरलाइन्स जापान पुगेर नेपालीलाई घर ल्याउने छ ।

सरकारले १५ भदौसम्म हुने उद्धार उडानको तयारी गरेको छ । १६ भदौबाट भने वयवसायिक उडान शुरु हुने मिति तोकिएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले १६ भदौबाट आन्तरिक तथा बाहृय उडान हुने निर्णय भएको परिपत्र सबै वायुसेवा कम्पनीलाई गराइसकेको छ । सरकारले १ भदौबाट नै व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो ।

तर, मुलुक भित्र संक्रमण बढेको निष्कर्ष निकाल्दै सरकारको व्यवसायिक उडान रोकेको हो ।

कहिले कहाँबाट कुनै वायुसेवाको उडान ?

मिति नेपाल एयरलाइन्स हिमालय एयरलाइन्स विदेशी एयरलाइन्स
१ भदौ दुबई (यूएई) क्वालालाम्पुर फ्लाइ दुबइ (यूएई)
२ भदौ दोहा (कतार) दोहा (कतार) टर्किस एयरलाइन्स (इस्तानबुल)
३ भदौ क्लावालाम्पुर, मलेसिया (२) क्वालालाम्पुर
४ भदौ जेद्दा (साउदी अरव) दमाम (साउदी अरब) फ्लाइ दुबई (यूएई)
५ भदौ दुबई (यूएई) क्वालालाम्पुर (मलेसिया) मालिन्दो एयर (मलेसिया)
६ भदौ कुवेत कुवेत जजिरा एयरवेज (कुवेत)
७ भदौ दमाम (साउदी अरव) दमाम (साउदी अरव)
८ भदौ दोहा (कतार) दोहा (कतार) कोरियन एयर (दक्षिण कोरिया)
९ भदौ दुबई (यूएई) आवुधावी (यूएई) एयर अरेविया, सारजहाँ (यूएइ)
१० भदौ रियाद (साउदी अरब) दमाम (साउदी अरब) कतार एयरवेज
११ भदौ दुबई (यूएई) अबुधावी (यूएई) इत्तिहाद एयर, आवुधाबी (यूएई)
१२ भदौ रियाद (साउदी अरब) दमाम (साउदी अरब)
१३ भदौ दुबई (यूएई) अवुधावी (यूएई) सिल्क एयर (अष्ट्रेलिया)
१४ भदौ दोहा १, जापान १ दोहा (कतार)
१५ भदौ दुबई (यूएई) अबुधावी (यूएई) एयर अरेबिया (सारजहा), यूएई

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...