कोरोनाबाट थप एक महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

संक्रमित मृतक महिला मोरङको तीनपैनी बस्ने हुन् । प्रतिष्ठानमा ल्याउनु अगाडि उनलाई विराटनगरको न्यूरो अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकले कोरोना संक्रमण भएको शंका गरेर प्रतिष्ठानमा रिफर गरेका थिए ।

मृतकको मेडिकल हिस्ट्रीमा भारतको दिल्लीस्थित एक अस्पतालमा मुटुको उपचार गरेको, थाइरोइड र फोक्सोमा पनि समस्या रहेको देखिएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले जानकारी दिएका छन् ।

मृतकको शवको व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको छ । योसँगै प्रदेश–१ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...